दशैंमा घर जानेहरुलाई आजबाट बसको टिकट बुकिङ खुल्ला

असोज ७, काठमाडौँ – दसैँमा उपत्यकाबाहिर जान शुक्रबारदेखि बसको टिकट अग्रिम बुकिङ खुल्दै छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो ।

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलले शुक्रबारदेखि लामो दूरीका बसको टिकट बुकिङ सुरु हुने बताए । पोखरालगायत नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने उनको भनाइ छ ।

यस वर्ष दसैँका लागि व्यवसायीले नयाँ बस ल्याएका छैनन् । यातायात क्षेत्रका लागि यो वर्ष राम्रो नरहेकाले नयाँ बस थप्न नसकिएको महासंघका महासचिव सिटौलाले बताए । यसका कारण उपत्यकाबाट बाहिरिने यात्रुलाई असहज हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटना नियन्त्रण गर्न नियम कार्यान्वयनमा कडाइ गरिने भएको छ । क्षमताभन्दा धेरै यात्रु नबोक्ने तथा लामो दूरीको बसमा अनिवार्य रूपमा दुई चालक राख्ने नियम कडाइका साथ पालना गराइने ट्राफिक प्रहरीले जनाएको छ ।

१२ स्थानमा सहायता कक्ष

टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा यात्रु ठगिने सम्भावना भएकाले शुक्रबारदेखि यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेल र तिलगंगामा यात्रु सहायता कक्ष हुनेछ । बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा उजुरी गर्न सकिने ट्राफिक महाशाखाका एसपी लोकेन्द्र मल्लले बताए । कक्षमा ट्राफिक प्रहरीसहित यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका प्रतिनिधिसमेत हुनेछन् ।दसैँमा उपत्यकाबाहिर जान शुक्रबारदेखि बसको टिकट अग्रिम बुकिङ खुल्दै छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो ।

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलले शुक्रबारदेखि लामो दूरीका बसको टिकट बुकिङ सुरु हुने बताए । पोखरालगायत नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने उनको भनाइ छ ।

यस वर्ष दसैँका लागि व्यवसायीले नयाँ बस ल्याएका छैनन् । यातायात क्षेत्रका लागि यो वर्ष राम्रो नरहेकाले नयाँ बस थप्न नसकिएको महासंघका महासचिव सिटौलाले बताए । यसका कारण उपत्यकाबाट बाहिरिने यात्रुलाई असहज हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटना नियन्त्रण गर्न नियम कार्यान्वयनमा कडाइ गरिने भएको छ । क्षमताभन्दा धेरै यात्रु नबोक्ने तथा लामो दूरीको बसमा अनिवार्य रूपमा दुई चालक राख्ने नियम कडाइका साथ पालना गराइने ट्राफिक प्रहरीले जनाएको छ ।

 

आजको नयाँ पत्रिकाबाट