मदन भण्डारीलाई उच्चस्थरको सम्मान दिएर शुशिलको अपमान भो : सांसद मल्ल

काठमाडौँ – वि.सं. २०१० सालमा सल्यानमा जन्मिएकी मीठू शाह रुकुममा पुगेर मल्ल हुँदा नेपाली कांग्रेसको पहिचान पनि सँगै बोकेकी थिइन् । गर्भे कांग्रेस मीठू जन्मघरमा बुवाको राजनीतिबाट प्रेरित थिइन् त कर्मघरमा श्रीमान स्वयं कांग्रेसको राजनीतिमा होमिएका थिए । प्रतिबन्धितकालमा जता गए पनि डरै डरका बीच निडर भएर कांग्रेसको पुच्छर समात्न नछाडेकी मीठूलाई रुकुमबाट पहिलोपल्ट समानुपातिक सभासद हुने मौका दियो पार्टीले । अहिले उनी सभासदको भूमिकाबाट मुक्त हुँदै सांसदको भूमिकामा रहेर रुकुमको विकास निर्माण र जनजागरणका लागि सक्रिय विधायक तथा विकासे प्रतिनिधि भएकी छन् । उनै सांसद मीठूसँग सहकर्मी  बबरजङ्ग थापाले केहि कुराकानी गरेका छन् । प्रस्तुत छ सोहि कुराकानीको साम्पादित अंस ।

माननीयज्यू, तपाईं कांग्रेस राजनीतिमा लागेको कति भयो ?

म त गर्भे कांग्रेस हुँ । मेरो बुवा वि.सं. २००७ सालमा जेलमा पर्नुभएको थियो र म वि.सं. २०१० सालमा जन्मेको । त्यसैले दायाँ–बायाँ जान्दिन, कम्युनिष्टको पृष्ठभूमि थाहा छैन म काङ्ग्रेस हुँ ।

हालचालकै राजनीतिक परिस्थितिको कुरा गरौं, नेपाली कांग्रेस र माओवादी केन्द्रले वर्तमान सरकारविरुद्घ अविश्वासको प्रस्ताव संसदमा दर्ता गराएका छन्, एमालेले उक्त प्रस्तावको सामना गर्ने बताएको छ अबको राजनीति कसरी अगाडि बढ्छ त ?

नेपाली कांग्रेसलाई नेपाली जनताले एक नम्बर पार्टी बनाएर पठाएका हुन् । तर पनि हाम्रो अहिले सरकारमा जाने चाहना होइन, सत्तासीन पार्टी माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएर सहयोग मागेपछि साथ दिनु परेको हो । यो परिस्थितिले बनेको कुरा हो । हामी सरकार परिवर्तन गर्नुपर्छ भनेर गएको होइन ।

संविधान कार्यान्वयन गर्न त सबै दलहरु मिल्नुपर्र्ने हो यस्तो होला जस्तो देखिदैन किन ?

संविधान जारी गर्दा स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा सरकार थियो । तर पनि तीन दल एकतावद्घ भएर नै संविधान आएको हो । अहिले संविधान कार्यान्वयन गर्न मुख्य गरी तीन दल मिल्नु नै पर्छ । कांग्रेसले मात्र सकारात्मक भूमिका खेलेर भएन अरु ठूला पार्टी एमाले, माओवादी केन्द्र लगायत सम्पूर्ण साना दलहरुले पनि सकारात्मक भूमिका खेल्नु प¥यो । संविधान कार्यान्वयनमा लैजान, नयाँ नियम बनाउन बाँकी नै छ । अरु तीन तहको निर्वाचन गराउनु पर्नेछ ।

यो चालाले संविधान कार्यान्वयन होला जस्तो त देखिएन नि ?

सहमति हुनु पर्छ । हाम्रो पार्टीको नीति त सहकार्य, सहमति र मेलमिलापबाटै अगाडि जानुपर्छ भन्ने हो मुठभेडमा जानु हुँदैन । एकताबद्घ भएर जानु पर्दछ । सरकारमा जाने त दोस्रो कुरा हो । सरकारमा को जान्छ, को जाँदैन त्यो मुख्य बिषय होइन । मूल विषय त जनताको प्रतिनिधि भएको हुनाले जनताको काम गर्नु पर्दछ भन्ने हो ।

केन्द्रमा सधैँ यस्तो राजनितिक अन्योल भएपछि तपाईंहरूजस्ता जनताका प्रतिनिधिले जनताका र विकास निर्माणका काम गर्न गाह्रो भयो होला है ?

हाम्रो नेपालमा सरकारमा जाने मन्त्रीहरु, नेताहरु निर्वाचन क्षेत्रमुखी, पार्टीमुखी, जिल्लामुखी हुनुहुन्छ, त्यसो हुँदा विकास निर्माणका काममा पटक पटक अवरोध हुन्छ । तर पनि हामीहरु लागिरहेका छौँ जनता र विकासको काम गर्ने सवालमा मेरो प्रयास जारी छ ।

तपाईं जत्तिका सांसदले त नेताहरूप्रति त्यसो भन्नुहुन्छ, सर्वसाधारणले के भन्छन् होला ? के गर्न सक्छन् होला ?

यो एकदमै सही कुरा हो । म त रोस्टममै गएर भनेकी छु, यो अन्याय भयो । आपूmहरूको क्षेत्रमा बजेट थुपार्ने, हाम्रोमा बेवास्ता गर्ने भनेर ।

रुकुम पनि माओवादी द्वन्द्वमा निकै फँसेको जिल्ला हो, अहिले त्यहाँ काम गर्ने अवस्था कस्तो छ ?

यस जिल्लामा तत्कालीन माओवादीले २०५२ सालमा जनयुद्ध सुरुवात गर्दा रुकुमको सिस्ने गाविस र रोल्पाको जलजला गाविसलाई सिज अभियान भनी सुरु गरेका हुन् । यी दुई ठाउँ बढी नै द्वन्द्वपीडित गाविस हुन् । माओवादी पार्टी जतिपटक सरकारमा गयो त्यति पटक रुकुमले मन्त्री पाइहाल्छ ।

हामी रुकुममा काङ्ग्रेस माओवादी गरी ४ जना सांसद छौं । रुकुमको विकास निर्माणमा हामीले काङ्ग्रेस र माओवादी भए पनि एउटै धारणा बनाएर मतैक्य गरेर अघि बढेका छौं । हामी एक छौं । पार्टी भन्ने त चुनावमा हो । हाम्रो नीति र सिद्धान्त फरक होला तर जनताको सेवा गर्ने र विकास गर्ने काममा पार्टी फरक भन्दैमा विमति किन चाहियो भन्ने भावनाले काम गरेका छौं ।

माओवादी जनयुद्धले रुकुम र रोल्पा जस्ता जिल्लामा महिलाहरूमा पनि व्यापक जागरण ल्यायो भनिन्छ, वास्तवमा त्यहाँका महिलाको अवस्था कस्तो छ ?

रुकुम विकास र चेतनाका हिसाबले पछि परेकै जिल्ला हो । त्यो युद्धको प्रभाव भन्दा पनि उठ्ने उठे र उठेकै छन् । कसैलाई पीडा पनि छ । रुकुमको मात्र के कुरा गर्नु, काठमाडौंमा पनि कतिपय महिलाको अवस्था दयनीय नै छ । देशैभरिमा यस्तो अवस्था छ । महिला हिंसामुक्त जिल्ला भन्न सकिने अवस्था कहिंको पनि छैन । जनयुद्धले भन्दा पनि पारिवारिक अवस्था, लगनशिलता र चेतनाबाट केही अघि बढेका छन्, केही त्यसैको अभावबाट पछि परेका छन् भन्ने लाग्छ मलाई ।

तपाईं लामो समयसम्म नेपाली कांग्रेसमा सङ्घर्ष गर्नुभयो, अहिले सांसद बन्दा कस्तो अनुभूति भएको छ ?

मेरो सम्पूर्ण लगानी काङ्ग्रेसमा छ । हो, मैले पार्टीमा धेरै सङ्घर्ष गरें । अझ बाबुको पालादेखिको लगानी हो मेरो । माईतीतिर पनि घरतिर पनि सबै काङ्ग्रेस हौं र छौं हामीहरू । मैले पार्टीबाट लिन भन्दा पनि जीवनमा धेरै दिएँ हुँला जस्तो लाग्छ । यति लामो सङ्घर्षपछि माननीय भएपछि खुसी हुनु स्वाभाविकै हो ।

हाल नेपाली कांग्रेस र माओवादीबीच सात बुँदे समझदारी हुँदा मधेशी समस्या समाधान गर्ने भनी पहिलो बुँदामा नै उल्लेख गरिएको छ । के नयाँ सरकार बनेपछि त्यो समस्या समाधान होला ?

त्यो कुरा नेताहरूले गर्नु भएको छ । हामी हिमाल, पहाड तराई मिलेर बस्नुपर्दछ, आन्दोलन गरेर होइन । हामी अहिले धार्मिक र जातीय नारातिर गइयो भने हानी गर्दछ । मधेशका मुद्दा बार्तावाट मिलाएर अगाडि बढ्नु पर्दछ । हिमाल, पहाड तराई मिलेर अगाडि बढ्नु पर्दछ । को क्षेत्री को बाहुन को ठकुृरी को दलित को मधेशी सबै मिल्नु पर्दछ । द्वन्द्वले देशलाई राम्रो गर्दैन । जातियता र क्षेत्रीयताको भावनाले देशलाई नोक्सानी गर्दछ ।

पार्टीमा तपाईंले ठूलो योगदान गर्नु भएको रहेछ, पारिवारिक पृष्ठभूमिमा माइतीदेखि लिएर घरसम्म दुवैतिरबाट यति ठूलो योगदान गरेको मान्छे मन्त्री बन्ने चलखेलमा लाग्नु भएको छ कि छैन ? कसैले त तपाईंभन्दा धेरै पछि पार्टीमा लागेर पनि मन्त्री खाएको खाएै छन् नि ?

नेपाल सतिको श्राप परेको ठाउँ हो । म त्यस्तो कसरतमा पनि छैन । तर पार्टीले सही सोचेर मलाई कुनै मन्त्रालयको जिम्मेवारी दिन चाह्यो भने म पछि हट्नु पर्ने कारण रहन्न । नेपाली सम्पुर्ण दाजुभाइ दिदी– बहिनीले खासगरी रुकुमेली जनताले यस्तो यस्तो गर्नु प¥यो भन्दा गर्ने मान्छे हुँ । मलाई कुनै कुरामा लोभ छैन ।

विपक्षी पार्टीले जति राम्रो काम गरे पनि विरोध गर्ने आफ्नो पार्टीले काम गर्न नसके पनि ठिकै हुने प्रवृतिले कहिले देशको विकास होला ?

सत्तामा बस्ने मानिसको आँखा सत्तामा मात्र हुने प्रवृति गलत हो । पहिला केपी ओलीको बोली गोली भन्ने गरिन्थ्यो, जनताहरुले पनि उनीसँग धेरै आशा गरेका हुन् । तर अहिले उनी भाषण शिरोमणी जस्तो लाग्दछ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु पर्दछ भन्ने मान्यता मैले पनि राख्दछु । अहिले के.पी सरकारको जो अल्पमतमा परेको सरकार आफै साइड लाग्नुपर्ने हो । माओवादीले समर्थन फिर्ता लिईसकेपछि त यो सरकार ढलिसक्यो भने हुने अवस्थामा पनि सरकार नछोड्ने के.पी. ओलीको प्रवृति कस्तो हो ! यिनका कुरा बुभ्mनै सकिएन ।

कांग्रेसमा पनि रामचन्द्र र शेरबहादुर बीच प्रधानमन्त्री बन्न प्रतिस्पर्धा छ भन्छन् नि ?

काङ्गे्रसमा त्यस्तो कुनै विवाद छैन । सम्पूर्ण पार्टी एक ढिक्का छ । रामचन्द्र र शेरबहादुर दाइलाई एमालेबाट आएको प्रस्ताव अस्वीकार गरेको भन्ने तपाईहरुकै मिडियाबाट पढ्यौ ।

प्रधानमन्त्री के.पी ओलीले त यो सरकार परिवर्तन गर्न देशी विदेशीको ठूलो षडयन्त्र छ भन्नु भएको छ त्यस्तो होला त ? 

यो झुठा आरोप हो । उहाँ अहिले टेको नभएर ढलेको केराको थाम जस्तै हुनुभएको छ । उहाँले अनेक उखान टुक्का जोडेर जे पनि भन्नुहुन्छ । त्यसैले यसलाई अझ मिलाएर यो सरकार टेको नभएर ढलेजस्तै हो भन्न सकिन्छ ।

महिलाको विषयमा तपाईले संसदमा के कस्तो आवाज उठाउनु भयो ?

महिलाको विषयमा राजदूत नियुक्ति गर्दा महिला खै भनी रोस्टमबाटै मैले आवाज उठाएँ । सचिव हुने बेला महिलालाई सचिव किन नबनाएको भन्ने आवाज उठाएँ ।स्वास्थ्य मन्त्रालयमा एक नम्वरमा रहेकी महिला सहसचिवलाई सचिव नबनाई पुरुषलाई बनाइयो । महिला भएकै कारण किन पछि पारिएको हो ? भनेर प्रश्न तेस्र्याएँ ।

महिला हिंसा अन्त्यको कुरा पनि उठाएकी छु मैले । जिल्लामा महिला संजालमा काम गरेको लामो अनुभव छ । जिल्लादेखि केन्द्रसम्म महिलाको पीडामा म प्रत्यक्ष संलग्न छु । महिलाको बारेमा केही गर्न सकिएन भने महिला उत्थान हुन सकेन भने म माननीय भएको पनि व्यर्थ हुन्छ ।

सांसद हुनुको पिडा र खुसी बताइदिनुस् न ?

लामो सङघर्ष गरी सांसद हुुँदा खुसी हुने कुरा त भयो नै । हाम्रो जननायक वी.पी. कोइरालाले संविधानसभाको कल्पना गर्नुभएको थियो । अहिले हामीले संविधान जारी ग¥यौं त्यस मानेमा खुसी लाग्यो । संविधान अझै कार्यान्वयन भएको छैन त्यसमा दुःख लाग्ने कुरा भयो । छिट्टै कार्यान्वयन हुनेमा आशावादी छौं ।

रुकुममा नेपाली काङ्ग्रेसकोे अवस्था कस्तो छ ?

रुकुम जिल्लामा नेपाली काङ्ग्रेसको अवस्था रामै्र छ, हामी एक छांै । संसदमा २०४८ मा १ सिट २०५१ मा २ सिट र २०५६ मा १ सिट जित्दै आएको थियो । संविधानसभा चुनावमा प्रत्यक्षमा आउन सकेनौं । केही प्राविधिक र कतिपय हाम्रै कारणले गर्दा त्यस्तो हुन गयो त्यो समीक्षाको विषय हो । तर पनि संगठन राम्रो छ, हामीहरु एक भएर जानुपर्दछ ।

युवाशक्तिलाई खाडी मूलुकको भयानक तापक्रम, अभाव र कामको दबाबबाट बचाउन तपाईको भुमिका के हुन्छ ?

यो वास्तविक र मार्मिक प्रश्न हो । समग्र देशको कुरा छोडौं रुकुमको मात्र हप्तामा २ बटा लाश विदेशबाट आएको हुन्छ । लाश हेर्दा मलाई त कति पीडा हुन्छ भने परिवारलाई कस्तो हुन्छ होला, म कल्पना पनि गर्न सक्दिन । युवालाई विदेश जानबाट रोक्न देशमै केही गर्ने वातावरण मिलाउनु पर्छ ।

अझ रुकुम जस्ता ठाउँमा त जनचेतनाका कार्यक्रम ल्याउनु पर्दछ । मैले धेरै भाइ–बहिनीहरुलाई भन्ने गर्दछु विदेश नजाउ, नेपालमै केही गर भन्दा उनीहरुले भन्छन्– यहाँ पैसा बचत नै हुँदैन । म त मंसिर पुसमा मेरो जिल्लामै गएर यस सम्बन्धी जनचेतना नै गर्ने कार्यक्रमको योजना बनाएकी छु । गाउँमा युवायुवती छैनन् बुढाबुढीहरु मात्रै छन्, यसले समस्या ल्याएको छ ।

तपाईंले रुकुममा विकास निर्माणसम्बन्धी के के काम गर्नुभयो ?

रुकुम जिल्लामा विकासका कुरा गर्दा तपसेरा–ढोरपाटन बाग्लुङसँग समेटेकोले त्यहाँसम्म बाटो पु¥याउने कार्यदेखि लिएर अन्य बाटो–घाटो सहायक बाटा धेरै भएका छन् । धेरै पुराना मठ–मन्दिर, स्कुल आदिमा मेरो सांसद कोषबाट यस्तै यस्तैमा खर्च गर्ने गरेकी छु ।

अन्त्यमा, भन्न मन लागेका अरु केही कुरा छन् कि ?

भर्खरै सम्पन्न जननायक वी.पी. कोइरालाको ३४औं स्मृति दिवशका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । हामी नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू उहाँका सन्तान हौं भन्ने मलाई लाग्छ । जब जब देशलाई अप्ठेरो पर्छ तब तब नेपाली काङ्ग्रेसको भूमिका महत्त्वपूर्ण हुँदै र रहँदै आएको छ, गणतन्त्र ल्याउनमा पनि काङ्ग्रेसको मुख्य भूमिका छ । वी.पी. कोइरालाले गर्दा नै यो देशको प्रगति भएको हो ।

वी.पी.ले नै नेपालीलाई रैतिबाट जनता बनाउनु भएको हो । राष्ट्रिय सम्मानमा मदन भण्डारीलाई सबैभन्दा माथिल्लो नेताका रूपमा विभूषित गरेर वी.पी., सुवर्ण, गणेशमान, कृष्णप्रसाद , गिरिजाप्रसाद र सुशील कोइरालाजस्ता नेताको अपमान गर्ने काम भएको छ, त्यसमा पनि हाम्रो घोर आपत्ति छ भन्न चाहन्छु ।

नयाँ संविधानका निर्माणका प्रमुख व्यक्ति सुशील कोइरालालाई मदन भण्डारीभन्दा तल पारेर दिइएको मानपद्वी लिनुहुन्न काङ्ग्रेसले भन्ने मेरो अभिमत छ । मदन भण्डारीले आफ्नो पार्टीका लागि ठूलै काम गर्नुभए होला तर देशका लागि त काङ्ग्रेसका वी.पी. देखि सुशीलसम्मको जति योगदान छैन नि । यो सामग्री रेसुङ्गा टुडे साप्ताहिकबाट साभार गरिएको हो ।