सत्ता परिवर्तनको समयबाहेक नेताहरु संसद बैठकमा उनुपस्थित

भदौ १४ , काठमाडौ – प्रमुख दलका शीर्ष नेताहरुले संसदलाई उपेक्षा गरेको भन्दै सांसदहरुले आक्रोश व्यक्त गरेका छन् ।

शीर्ष नेताहरुले संसदलाई सत्ताको भर्‍याङ बनाउने कार्यवाहेक अरू केही नगरेको आरोप सांसदहरुको छ। आजको अन्नपूर्णमा खबर छापिएको छ।
सत्ता परिवर्तनको समयबाहेक शीर्ष नेताहरु संसद बैठकमा उपस्थित नहुने गरेको गुनासो सांसदहरुको छ ।
संविधानसभाको पहिलो बैठकदेखि व्यवस्थापिका संसदको सोमबार बसेको बैठकसम्म अधिकांश दिन शीर्ष नेताहरुसहितका पहिलो मर्यादाक्रममा रहने सबै नेताको कुर्सी खाली देखिँदै आएको छ।
संसदको सोमबारको बैठकमा सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका सांसद जनराज जोशीले विशेष समय लिएर संसदमा शीर्षसहति पहिलो मर्यादाक्रममा रहेने नेताहरुको आसन महिनौसम्म किन र केका लागि खाली हुन्छ भन्दै सभामुखको ध्यानाकर्षण गरे ।
उनका अनुसार संसदमा शीर्ष नेताहरु सहभागी हुनु भनेको संसदीय मूल्यमान्यता र परम्पराको गरिमा बढ्नु हो ।