सुन टल्काइदिन्छु भन्दै यसरी लुट्छन् ?

भदौ १४ , काठमाडौ – गहना मैलोधैलो भएको छ? चिन्ता नलिनुस्, घरघरै सफा गरिदने समूह डुल्दै छन् । टलक्क टल्कने सफा गहना लगाउन चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनिहरुबाट लुटिन सक्नुहुन्छ। यो खबर आजको नागरिक दैनिकमा राजु अधिकारीले लेखेका छन्।

सफा गरिदिने बहानामा गाउँ–गाउँ चहार्ने समूहले रसायन प्रयोग गरेर सुन लुटिरहेको पाइएको छ।
पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै रसायन प्रयोग गर्ने लुटेराले प्रत्येक गहनाबाट थोरै-थोरै सुन निकाल्ने गर्छन्। चाडपर्व नजिकिँदै गर्दा यस्ता समूहको सक्रियता पनि बढेको छ।