चीनद्वारा नाकामा थप सुरक्षा कडाइ,केरुङ र तातोपानी जान पनि भिसा चाहिने

भदौ ८ , काठमाडौँ – चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ ।सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाइ सुरु गरेको हो ।

यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो ।
तर, सीमा क्षेत्रमा तरुकरीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाइ गर्न थालेको हो ।
केरुङ मात्र होइन, नेपालसँग प्रयोगमा नआएका अन्य नाकामा पनि चीनले सुरक्षा व्यवस्था बलियो बनाउँदै लगेको छ । तर, नेपालतर्फ भने सुरक्षा अवस्था निकै फितलो भएकाले अवैध कारोबार गर्नेलाई सहज छ ।
भारतको नाकाबन्दी तथा तोपानी नाका बन्द भएपछि चीनसँगका अन्य नाकाबाट तस्करीलगायत गतिविधधि बढेका छन् । आजको नयाँ पत्रिका समाचार छ ।