आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार,पाँच मन्त्रीले लिए शपथ

साउन ३०, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन ।

विस्तारित मन्त्रिपरिषद्मा जनार्दन शर्मा (ऊर्जा), सुरेन्द्र कुमार कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) ले मन्त्री पदको शपथ लिएका हुन ।

5 mantri

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारी उपस्थित रहेको थियो ।

प्रधानमन्त्री दाहालले आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चारजना राज्यमन्त्रीलाई शपथ खुवाउने कार्यक्रम रहेको छ । यसअनुसार श्रीप्रसाद जवेगु (सङ्घीय मामिला तथा स्थानीय विकास), सत्यनारायण भगत (ऊर्जा), राधिका तामाङ (कृषि विकास) र धनमाया विक (विना विभागीय) ले शपथ लिँदै छ्न ।