१५ सय मिटर दौडमा सरस्वतीको राष्ट्रिय कीर्तिमान

साउन २९, काठमाडौँ – नेपाली धावक सरस्वती भट्टराईले १५ सय मिटरको मध्यदुरीको दौडमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई तोडेकी छिन  ।

उनले रियो ओलम्पिकमा आज विहान भएको १५ सय मिटर मध्यदुरीको दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्  । दौडको पहिलो हिट्समा १३औं स्थानमा रहँदै सरस्वतीले ४ मिनेट ३३ दशमलब ९४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल हुनुभयो । यसअघि राष्ट्रिय कीर्तिमान राजकुमारी पाण्डेको नाममा थियो ।
राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकि थिइन्  । सरस्वतीको यसअघि १५ सय मिटरमा उत्कृष्ट समय ४ मिनेट ४० दशमलव १५ सेकेन्डको थियो । सरस्वती लेन नम्बर ७ मा विश्व कीर्तिमानधारी इथोपियाकी गेन्जेबा डिबाबासँग दौडिएकि थिइन  ।
यसैबीच रियो ओलम्पिक पदक तालिकामा अमेरिका शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको चीनले अमेरिकालाई पछ्याईरहेको छ ।