सरकारसँग मधेसी मोर्चा सशंकित: सहमतिअनुसार संशोधन नभए समर्थन फिर्ता

साउन २९, काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले पूर्वसहमति अनुसार नै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ।

संविधान संशोधनमार्फत सीमांकनसहितका आफ्ना माग पूरा नगरे सरकारलार्इ दिएको समर्थन फिर्ता लिने चेतावनी गठबन्धनले दिएको हो।
सरकार गठनपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेस मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभए समर्थन फिर्ता लिने निर्णय भइसकेको मोर्चाका नेताले बताएका छन्।
असोजभित्रै आफ्ना मा पूरा हुनु पर्ने मोर्चाको अडान छ। मधेसी मोर्चाले तीन पक्षबीच भएको तीन बुँदे सहमति यथाशीघ्र असोजमहिनाभित्र इमानदारीपूर्वक कार्यान्वयन हुनु पर्ने बताउँदै सोका लागि प्रधानमन्त्रीलाई दबाब दिइरहेको छ।
दबाबस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा गतदान गरे पनि व्यवस्थापिका संसदमा मोर्चाका सांसद प्रतिपक्षकै बेन्चमा बसिरहेका छन्।