उपप्रधान एवं अर्थमन्त्री महरा भोलि चीन जाने

 

साउन ३०, काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा भोलि चीन जाने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश दूतका रुपमा उनी चीन जान लागेका हुन् । यसबारे जानकारी दिन अर्थमन्त्री महराले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
सरकारले हालै मात्र प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरालाई चीन र निधिलाई भारत पठाउने निर्णय गरेको थियो ।
चीन भ्रमणका क्रममा अर्थमन्त्री महराले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे सम्वद्ध अधिकारीहरुसँग छलफल गर्नेछन् । चिनियाँ राष्ट्रपति आगामी असोजमा नेपाल आउने तयारीमा छन् ।