जनार्दन शर्माले लेखा समिति सभापतिबाट राजीनामा दिने

साउन २८, काठमाडौँ – व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिने जानकारी दिएका छन् ।

समितिको आजको बैठकको प्रारम्भमा उहाँले सो जानकारी गराउँदै बदलिँदो राजनीतिक परिस्थितिमा आफूले पदबाट राजीनामा दिन लागेको बताए  ।
दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका–संसद्अन्तर्गतको सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन भएका  थिए  ।