भूकम्पपीडितका लागि घर निर्माण गरिने

साउन २८,भक्तपुर – एसओएस बालग्राम नेपालले भूकम्प प्रभावित बालबालिकालाई लक्षित गरी घर निर्माण गर्ने भएको छ ।

एसओएसले सिन्धुपाल्चोकको भिमटार गाविस– ६, ७ र ८ मा एकसय ६० वटा पारिवारिक घर बनाउने प्रक्रिया अगाडि बढाएको एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशङ्कर प्रधानाङ्गले बताउनुभयो ।

सोही गाविसका १, ६, ७, ८ र ९ का २०० घरधुरीका लागि भूकम्पपीडतका लागि जीविकोपार्जनका लागि आर्थिक सहयोग गर्दै आएको एसओएसले अब पुनःनिर्माण प्राधिकरणको स्वीकृति लगत्तै स्थानीय बासिन्दालाई आवश्यक प्राविधिक तालिम दिएर आगामी दसैँ लगत्तै ती घरको निर्माण कार्य सुरु गर्ने भएको हो ।

त्यसैगरी भूकम्प प्रभावित जिल्लामा एसओएसले निर्माण गरेका विद्यालय भवन पुनःनिर्माण तथा जीणाद्वारको अनुगमन गर्न नेपाल आउने भएका एसओएस बालग्राम अन्तर्रााष्ट्रियका अध्यक्ष सिद्धार्थ कौल नेपालले जोरपाटीमा भूकम्पपछि थपिएका अपाङ्गता भएका बालबालिकाका लागि एउटा घर र फिजियोथेरापी कक्ष निर्माण गरिदिने घोषणा गर्नुभएको छ ।

उहाँले एसओएस बालग्राम जोरपाटीको अवलोकन गरी भूकम्पपछि थपिएका चार जनाका साथै अन्य ३९ गरी ४३ जना बालबालिकासँग अन्तक्र्रिया गर्दै यस्तो घोषणा गर्नुभएको एसओएसले प्रधानाङ्गले जानकारी दिनुभयो