आयोजक समितिको बैठक गर्ने माओवादी केन्द्रको निर्णय

साउन २८, काठमाडौँ – माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले भदौं ११ गते राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान लाजिम्पाटमा बसेको नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठकले ११ गते भृकुटीमण्डपमा राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको हो ।
बैठकमा नेताहरुले स्थानीय तह पूनर्संरचनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न थप छलफल गर्नुपर्ने आवश्यकता औल्याउनुु भएको थियो । यसअघि माओवादी बैठकले मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो ।
सरकारमा माओवादीबाट तीन मन्त्री भइसकेका छन् । आठ मन्त्रालय पाएको माओवादीले ५ मन्त्री र केही राज्यमन्त्री पठाउने तयारी गरेको छ । बैठकले भदौं ११ गते राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको प्रवक्त पम्फा भूषालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकमा स्थानीय तह पूनर्संरचनाका बिषयमा छलफल भएको र पार्टीको आधिकारिक धारणा तय गर्न थप छलफल गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालिएको नेताहरुले बताएका छन्