कमेडी चलचित्र ‘छक्का पन्जा’ को ट्रेलर सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – हास्यकलाकार दीपाश्री निरौलाद्वारा निर्देशित कमेडी चलचित्र ‘छक्का पन्जा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । भदौ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको उक्त्त चलचितको ट्रेलरमा वेरोजगार यूवाहरुको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

chakka panja

ट्रेलरमा प्रेम, द्धन्द्ध, पिडा लगायतको पक्षलाई उठाएको देख्न सकिन्छ । यो चलचित्रमा दीपकराज, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । दीपकराज गिरी, निर्मल शर्मा र दीपाश्री निरौलेले संयूक्त रुपमा निर्माण गरेको यो चलचित्रको प्रचार प्रसार पनि आरम्भ गरिसकिएको छ ।

हेर्नुस भिडियो