पाँचथरमा एक युवक मृत फेला

 

साउन २५ ,फिदिङ्ग – पाँचथरको च्याङ्थापु गाविसको वडा नम्बर ७ र २ को सिमानामा पर्ने लब्बा खोलाको किनारमा एक युवक मृत भेटिएका छन्।

 

जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार अन्दाजी ३०÷३५ वर्षको जस्तो देखिने, अनुहार पूरै नचिनिने अवस्थामा शव फेला परेको हो। शव कसको हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

 

दुगन्धित अवस्थामा मानिसको लास रहेको जानकारी पाएपछि सीमा प्रहरी चौकी च्याङथापुबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई परीक्षणका लागि सदरमुकाम फिदिम ल्याइँदै गरेको जनाइएको छ।

पाँचथरको च्याङ्थापु गाविसको वडा नम्बर ७ र २ को सिमानामा पर्ने लब्बा खोलाको किनारमा एक युवक मृत भेटिएका छन्।  जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार अन्दाजी ३०÷३५ वर्षको जस्तो देखिने, अनुहार पूरै नचिनिने अवस्थामा शव फेला परेको हो। शव कसको हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।  दुगन्धित अवस्थामा मानिसको लास रहेको जानकारी पाएपछि सीमा प्रहरी चौकी च्याङथापुबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई परीक्षणका लागि सदरमुकाम फिदिम ल्याइँदै गरेको जनाइएको छ।