नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि

साउन २४, काठमाडौँ – चौँथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि चितनमा सुरु हुने भएको छ । ३१ गतेसम्म चल्ने प्रतियोगितामा एघार टोलीको सहभागिता रहनेछ ।

स्पोर्टस फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघको आयोजनामा हुने प्रतियोगितामा चितवनको नारायणकाघाटको क्याम्पाचौरमा हुनेछ । राजधानीका विभागीय टोली, ‘ए’ डिभिजनका क्लब र मोफसलका गरी १० टोलीले भाग लिनेछन् ।
त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपिएफ क्लब गरी तीन विभागीय टोली र राजधानीका ब्वाइज युनियन, एनआरटी तथा मोफसलका नारायणगढ फुटबल क्लब, रुपन्देही–११, वीरगन्ज युथ एकेडेमी, एभरेस्ट क्लब चितवन र रौतहट जिल्ला फुटबल सङ्घको टोलीले प्रतियोगितामा भाग लिनेछन् । नकआउट प्रणालीका आधारमा हुने प्रतियोगिताका विजेताले तीन लाखसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । त्यस्तै उपविजेताले दुई लाख पाउनेछ ।