प्रतिनिधि विवाद नलिमेपछि नेविसंघको बन्दसत्र भोलि २ बजेसम्मका लागि स्थगित

साउन २४, काठमाडौँ –  आज सूरु हुने भनिएको नेपाल विद्यार्थी संघको बन्द सत्र भोली दिउँसो २ बजेसम्मको लागि स्थगीत भएको छ । प्रतिनिधी चयन विवाद मिल्न नसक्दा बन्द सत्र भोलीसम्मको लागि स्थगित गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

प्रतिनिधि विवादकाबीच हिजो महाधिवेशनको उद्घाटन गरिएको थियो । आज बिहानसम्म विवाद मिलाउने नेताहरुको प्रयास असफल भएपछि बन्दसत्र समेत स्थगित भएको हो । महाधिबेशन अगाडी नै प्रतिनिधी छनौटमा असन्तुष्टि जनाउँदै आएको कुन्दनराज काफ्ले र पदमराज पन्तले नेतृत्व गरेको टिमले ११ वटा जिल्लाका पदाधिकारीको विवाद नमिलाई बन्द सत्रमा नजाने घोषणा गरेपछि बन्दसत्र हुन नसकेको नेविसंघले जनाएको छ । अनसनरत पक्षले राखेका माग र विवादित ११ जिल्लाका विषयमा सहमति जुट्न नसकेपछि बन्द सत्र स्थगित भएको प्रवक्ता लामिछानेले बताए । विवाद मिलाउन अहिले नेताहरुबीच छलफल भईरहेको छ ।