प्रधानमन्त्री–अमेरिकी राजदूत भेट,समसामयिक राजनीतिबारे चासो

साउन २४, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध, संविधान कार्यान्वयन, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको छ ।

भेटवार्ताका क्रममा राजदूत टेप्लिजसले प्रधानमन्त्रीलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना दिँदै काबुलमा भएको नेपालीको हत्याप्रति दुःख व्यक्त गर्नुभएको थियो । साथै उहाँले नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे चासो राख्नुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

जवाफमा प्रधानमन्त्री दाहालले बधाई तथा शुभकामना ग्रहण गर्दै सकारात्मक सहयोगका लागि महामहिम राजदूत, अमेरिकी सरकार र जनतालाई धन्यवाद दिनुभएको थियो ।