सत्तारुढ पार्टीको आन्तरिक विवाद तथा अन्य कारणले सरकार गठनमा ढिलाई

साउन २३, काठमाडौँ – संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा आवद्ध संघिय गठबन्धनलाई पनि सरकारमा समोबश गर्ने कसरत, सत्तारुढ पार्टीको आन्तरिक विवाद तथा अन्य कारणले सरकार विस्तारमा अझै केही दिन ढिलाई हुने देखिएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले आफुलाई सरकारमा जान समर्थन गरेको संघीय गठबन्धनसंग सरकारमा जाने प्रस्ताव अघि बढाउदै आएकाले प्रभानमन्त्री चयन भएको ५ दिन वित्दा समेत मन्त्री परिसदले पुर्णता पाउन नसकेको हो ।

मन्त्री बन्ने आकांक्षी व्यवस्थापन गर्न कठिन भएकोले दुवै दलको शीर्ष नेतृत्वले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका हुन् । यससंगै काग्रेस भातृसंगठन नेपाल विद्यार्थी सघको महाधिवेशन , पदको आकाक्षी बढी भएपछीको विवाद तथा राप्रपा र राप्रपा नेपालवीचको पार्टी एकीकरण लगायतका कारणले मन्त्री परिसद् विस्तारमा ढीलाई काग्रेस माओबादीका नेताहरुको भनाई छ ।
३ वुदे सहमति गरेको संघिय गठबन्धन सरकारमा आउन चाहेमा आफ्नो भागमा परेका केही मन्त्रालय कटौति गर्न पर्ने हुनाले पार्टी भित्र मन्त्री चयनको गृहकार्य भर्ईरहेपनि मन्त्रीपरिसद् पुर्णता तत्काल नदिर्ईएको सत्ताको नेतृत्वकर्ता दल माओबादी केन्द्रका प्रबक्ता पम्फा भूषालले बताए । उहाका अनुसार माओवादी केन्द्रले सबै मन्त्रीको टुंगो दुई तिन दीन भित्रमा लगाउने छ । यस्तै सत्तारुढ नेपाली कांग्रेसले पनि आज सुरु हुने आफ्नो विद्यार्थी संगठन नेविसंघको महाधिवेशनपछि मात्र सरकारमा सहभागी हुने नेताको नाम तय गर्ने जनाउदै आएको छ ।
कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाले आफु निकटका नेतालाई मात्र सरकारमा पठाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ ।
यस्तै नयां सरकारमा सहभागी हुन केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई दिएको सर्थन फिर्ता गरेको राप्रपा पार्टी एकीकरणको प्रक्रियामा रहेकोले सरकारमा आउन ढिलाई भएको एक नेताले जानकारी दिए । अहिलेसम्म माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा उहा सहित ६ सदस्यीय मन्त्री मण्डल छ ।