उपप्रधानमन्त्री निधि र चीनका राजदूतबिच शिष्टाचार भेट नेपाल–चीन सम्बन्धका बारे छलफल

साउन २३, काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि चीनका राजदूत वू छुन्थाइबीच आज बिहान मन्त्री निवास पुल्चोकमा भएको शिष्टाचार भेटमा नेपाल–चीन सम्बन्ध र सहयोगका विविध पक्षबारे विचारविमर्श भएको छ ।

“आपसी सम्बन्धका सबै पक्षबारे उहाँहरूबीच छलफल भयो”, उपप्रधानमन्त्रीका स्वकीय सचिव विश्वास विक्रमले बताए । उपप्रधानमन्त्रीसमक्ष राजदूत वूले नेपालको सामाजिक–आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी उनले दिए ।