दुई पटक प्रधानमन्त्री हुने प्रचण्ड पहिलो कम्युनिस्ट

साउन २०,काठमाडौं – नेपालको इतिहासमा कम्युनिस्ट विचारधारा राख्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेका छन्।

बुवा मुक्तिराम दाहाल र आमा भवानी दाहालका पुत्रका रुपमा उनको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस २ मा भएको थियो।
२०६५ साउन ३१ मा गणतान्त्रिक नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बन्न सफल भएका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

२०६४ चैत २८ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टी बनेपछि प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

पटक पटक एमालेलाई साथ दिएर प्रधानमन्त्री बनाएका प्रचण्ड भने दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट नेता बनेका छन्।

प्रचण्ड संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस लगायत मधेसवादी दलहरुको समर्थनमा दोस्रो पटक बुधवार प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।