दक्षिण एसियाकै सवैभन्दा बढी सरकार

दक्षिण एसियामा सबैजसो विषयमा नेपाल अन्य मुलुकभन्दा पछाडि छ। सरकारको सख्या हेर्ने हो भने चाहिँ नेपाललाई कुनैले उछिन्न सक्दैन।

२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनायता नेपालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारसहित २४ वटा सरकार बनिसकेका छन्। दक्षिण एसियाली देशमध्ये यही अवधिमा सवैभन्दा कम सरकार भने बंगलादेशमा ६ वटा मात्रै बनेका छन्।

औसतमा दशसदेखि ११ सरकारले यो क्षेत्रका देशको शासन चलाइरहेका छन्। राजनीतिक अस्थिरताको परिणाम नेपालमा भने २५ वर्षमा २४ सरकारले शासन गरेका छन्। कृष्णप्रसाद भट्टराईलाई छोडेर संसदीय व्यवस्था अंगालेयताको अवधिमा वुधवार निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड २३ औं प्रधानमन्त्री हुन्।

यहीबीच राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनदेखि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको निर्वाचन गराउने मन्त्रिपरिषदसम्मका सरकार गठन भए। यसक्रममा १३ जना प्रधानमन्त्री बने, अन्य दोहोरिए।

पछिल्लो २५ वर्षको अवधिमा पाकिस्तानमा १२, भारतमा ११ र श्रीलंकामा १० वटा सरकार बनेका छन्।