प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित

साउन १९, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । ब्यवस्थापिका संसदमा आज भएको मतदानमा दाहाल अत्यधिक मतसहित प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । जम्मा ५ सय ७३ सांसदले मतदानमा भाग लिएकोमा दाहालले ३ सय ६३ मत प्राप्त गर्नुभएको छ ।

दाहाल दोस्रोपटक प्रधानमन्त्री बनेका हुन  । यअसघि पहिलो संविधानसभाको निर्वाचनपछि उनी गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए  । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित दाहालले सेनासँगको द्वन्द्व र कटवाल प्रकरणपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । आफूले बर्खास्त गरेका तत्कालीन सेनापति रुक्मांगद कटवाललाई राष्ट्रपतिले पुनस्र्था्पित गरेपछि उनले पदबाट राजीनामा दिएका थिए  ।