राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रचण्डको विपक्षमा मतदान गर्ने

साउन १९, काठमाडौँ  –  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सो पार्टीको कार्यसम्पादन समिति सहितको संसदिय दलको आज विहान बसेको बैठकले आफूलाई मत दिएर नयाँ सरकारमा सहभागी हुन दाहालले गर्नुभएको प्रस्ताव अस्विकार गर्दै उनको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । संसदको चौथो ठूलो दल राप्रपा नेपालसंग संसदमा २५ जना सांसद छन् ।
यता, केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेको परिवार दलले भने दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । एकनाथ ढकाल नेतृत्वको सो पार्टीका २ जना सांसद छन् ।