स्थानीय निकाय पुनःसंरचनाबारे छलफल

साउन १२,काठमाडौं– स्थानीय निकायको पुनःसंरचनामा सीमा र संख्या विषयमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच छलफल भएको छ।

राज्य व्यवस्था समितिमा भएको छलफलमा ३२ सय नगरपालिकालाई पाँच सयमा झार्न भनी राज्य पुनःसंरचना आयोगले दिएको सुझावका आधारमा पुनःसंरचना कसरी गर्ने भनी छलफल भएको कांग्रेस नेता विमलेन्द्र निधिले बताए।

आगामी चैत मसान्तभित्र गर्ने गरी स्थानीय निर्वाचन तयारी छ। दुई दलले एमालेसँग पनि छलफल गर्नेछन्।