अर्घाखाँचीमा पहिरोले घर बगाउँदा दुईको मृत्यु

साउन १२,अर्घाखाँची – अर्घाखाँचीको ठाडा गाविस–५ कोठियामैदानमा घर र गोठ पहिरोले बगाउँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन् ।

कोठिया मैदानका प्रेमबहादुर घर्तीको घर र गोठ पहिरोले बगाउँदा उनकी १७ वर्षीया छोरी शारदाको मृत्युु भएको र १६ वर्षीया अर्की छोरी बालकुमारीको घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए।

त्यस्तै सिद्धारा गाविस–६ दुम्सीमा गोठ पहिरोले बगाउँदा एक महिलाको मृत्यु भएको छ। गोठमा बसेकी ४७ वर्षीया मानकुमारी आलेको पहिरोले पुरिएर मृत्यु भएको स्थानीय शिक्षक रुमबहादुर पल्लीले जानकारी दिए।