पहिरो जाँदा हेटौँडा–कुलेखानी राजमार्ग अवरुद्ध

साउन ८,हेटौंडा – हेटौंडा–कुलेखानी राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि परेको अबिरल वर्षाका कारण सिस्नेरी–४ अमलडाँडा र थाखेल सडकखण्डको सुकौरामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

शनिवार बिहान ४ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएपछि हेटौंडा–कुलेखानी राजमार्ग भएर काठमाडौँ आउने सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा कुलेखानी खडकखण्डमा दैनिक ८०० सवारी साधान आवतजावत गर्ने गर्दछन्।