अविबाहित नायिका केकीको यस्तो छ प्रेम अनुभव

काठमाडौँ । अविबाहित नायिका केकी अधिकारीले माया बिना जिन्दगी अधुरो हुने बताएकी छिन् । गायक सुवास पराजुलीको प्रेममा परेकी यि नायिकाले प्रेमलाई गहिराईबाट हेर्दै भनेकी छिन् धेरैपछि बुझ्दैछु हाँस्नुका दुईवटा अर्थ लगायतका माया बिना जिन्दगी अधुरो हुने कुरालाई नजिकबाट आँफुले चिनेको बताएकी छिन् ।

नायिका केकीले यि सबै कुराकानी गायक पराजुलीको भिडियो फुलको रंगमा गरेकी हुन् । गायक सुवास पराजुली र बलीउडकी चर्चित गायिका साधना सरगमले आवाज भरेको गीतले पछिल्लो समय थप चर्चा बटुलीरहेको छ ।

आनन्द अधिकारीका मर्मस्पर्शी शब्दमा तयार गरिएको गीतमा सन्तोष शिखरको संगीत रहेको छ । जसको छायांकन शुशील बानीयाले गरेका हुन् । भिडियोलाई अर्पना पराजुलीले निर्माण गरेकी हुन् ।