मोडल कल्पना काफ्लेको काँचो काँचो बेलको भिडियो सार्वजनिक

काठमाडौँ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालीका तिज पर्व नजिकिएसँगै तिजको विषयबस्तु समेटेर गीति कोशेलीहरु निकाल्ने क्रम बढीरहेका बेला मोडल कल्पना काफ्लेको काँचो काँचो बेलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यसै साता सार्वजनिक गरिएको भिडियो चर्चित बनेको छ ।

रिलिज गरिएको एक साता नबित्दै ७० हजार बढीले हेरेको गीतमा मोडल कल्पनालाई नायक गजित विष्टले साथ दिएका छन् । झ्याम झ्याम नाच्ने शैलीमा तयार पारीएको शब्द शृजना समेत गरेकी कल्पनाले भनेकी छिन् जस्ता तस्ता केटामा झ्याप्प नजर लगाउँदिन ।

गायक खुमन अधिकारी र स्वयम कल्पनाको सुमधुर आवाजमा सजिएको गीतको लय खुमनले तयार गरेका हुन् । पछिल्लो समयका र्चित निदेृशक बब्बु थापाको निर्देशन, दुर्गा पौडेलको छायांकन, मिलन बिकको सम्पादन रहेको भिडियोलाई कामना डिजिटल प्रालीले बजार ब्यबस्थापन गरेको छ ।