चर्चमा बन्धक बनार्इ धर्म परिवर्तन

साउन ७ ,काठमाडौं – गरिब बालबालिकालाई चर्चमा बन्धक बनाएर धर्म परिवर्तनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरको शंखमुलमा जेरुसेलम एन्टिवन चर्चमा १४ जना बालबालिकालाई बन्धक बनाई धर्म परिवर्तन गराइएको हो। प्रहरीले चर्चका सञ्चालक हरिबहादुर तामाङ र बालगृह सञ्चालक चिनिमाया ब्लोनलाई पक्राउ गरी मानव ओसारपसार तथा धर्म परिवर्तन मुद्दामा कारबाही अघि बढाएको छ।

अदालतले बालगृह सञ्चालक ब्लोनलाई थुनाका लागि जेल चलान गर्ने आदेश दिएको छ। तामाङ ५० हजार धरोटीमा छुटेका छन्।