थालाकाँडा मदिरा निषेधित क्षेत्र घोषणा

साउन २ गोठलापानी ,बैतडी – मदिराले हिंसाका घटना तथा सामाजिक विकृति बढ्न थालेपछि बैतडीको थालाकाँडा गाविसमा आज मदिरा निषेध गरिएको छ ।

गाविसमा मदिराजन्य गतिविधिहरु धेरै हुन थालेपछि आजदेखि मदिरा बेचबिखन तथा ओसारपसार र सेवन बन्द गरिएको हो ।
गाविसमा शनिबारदेखि कसैले मदिराको कारोबार, ओसारपसार र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको गाविस सचिव टेकराज खड्काले जानकारी दिए।

मदिरा बेचबिखन गर्नेलाई पहिलोचोटी सात हजार र सेवन गर्नेलाई तीन हजार जरिवाना गरिने बताइएको छ ।

निषेध गरिएका क्रियाकलाप कसैले दो¥याएर गरेको पाइएमा दोब्बर जरिवाना गरिने निर्णय भएको स्थानीयवासी भक्त साउदले जानकारी दिए।

गाउँमा मदिरा सेवन गरी होहल्ला गर्नुका साथै विकृति फैलिएको भन्दै गाविसमा मदिरा निषेध गरिएको हो ।