नगरपालिकाको नक्कली लेटरप्याड बनाइ ठगी

साउन २ ,वलपरासी – नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ ।

गैँडाकोट–२ निवासी २४ वर्षीय आशा थापाको मुटु रोगका लागि काठमाडौँको गङ्गालाल अस्पतालमा मुटुका भल्व परिवर्तन गर्नुपरेको हुँदा सहयोगका लागि अपिल गरिएको सिफारिस पत्र लेटरप्याडमा लेखिएको छ ।

गैँडाकोट नगरपालिकाका सचिव पदम कण्डेलको हस्ताक्षर रहेको कीर्ते सिफारिस पत्र लिएर गैँडाकोट क्षेत्रभित्र दुई बालबालिकाको प्रयोगमा चन्दा उठाइएको भेटिएको हो ।

पदम कण्डेल नाम गरेको कर्मचारी गैँडाकोट नगरपालिकामा नभएको भन्दै नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले इलाका प्रहरी कार्यालयलाई यसको छानबिन र अनुसन्धानका लागि आग्रह गर्ने बताए । साथै नेपालले सिफारिस पत्रमा सहयोग नगर्न पनि गैँडाकोटवासीलाई आग्रह गरेर ।

यता इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरीले सरकारी कार्यालयको कागज कीर्ते गरी जनता ठग्नेलाई पाँच वर्षको कैद र हदैसम्मको जरिवाना हुने जनाएको छ ।