प्रधानमन्त्री ओलीको समर्थनमा पाँचथरमा र्‍याली

साउन २,पाँचथर –फिदिमको लिम्बूवान गेटबाट सुरु भएको र्‍यालीले फिदिमबजार परिक्रमा गरी सोही गेटमा पुगेर सभा गरेको थियो । र्‍यालीमा करिब एकसय युवाको सहभागिता थियो ।

सभालाई सम्बोधन गर्दै स्वतन्त्र युवाहरुका संयोजक गणेश काफ्लेले दलहरुलाई सरकार परिवर्तनको फोहोरी खेलमा भन्दा संविधान कार्यान्वयन गर्दै मुलकको समृद्धि र विकासतर्फ लाग्न आग्रह गरे।