वेवारिसे भारतीय जिप झापा प्रहरीमा

साउन २ ,झापा – झापाको शिवसताक्षी ७ दुधेबाट प्रहरीले बेवारिसे अवस्थाको एउटा भारतीय महेन्द्रा जिप शनिबार फेला पारेको छ।

दुधे बजारदेखि ५ सय मिटर दक्षिण गाँउबाट निलो रङ्गको डव्ल्यु वि ७४ एच००६८ नम्बरको महेन्द्रा जिप प्रहरीले फेला पारेको हो।

ईलाका प्रहरी कार्यलय झिलझिलेका अनुसार चालक बाहेक यात्रु सिट जिपमा छैन।
प्लास्टिकका केही डोरी र काठको धुलो जिप भित्र भेटिएकाले उक्त जिप काठ तस्करले प्रयोग गरेर लुकाएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ।
स्थानीयका अनुसार शुक्रबार राति उक्त जिप गाउँमा ल्याएर केही मानिसले छोडेका थिए।
लामो समयसम्म उक्त जिप लिन कोही नआएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। प्रहरीले उक्त जिपलाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा लगेर राखेको छ।