करेन्ट लागेर रौतहटमा एकको मृत्यु

साउन १,रौतहट – विद्युत हुकिङ गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एकजनाको मृत्यु भएको छ।

मोटरबाट खेतमा पानी पठाउन विद्युतीय तारमा हुकिङ गर्ने क्रममा करेन्ट लागेर अजगैवी–९ का ४५ वर्षीय शिवमंगल ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए।
शनिवार विहान करिव ३ बजेतिर विद्युतीय तारमा हुकिङ गर्न खोज्दा ठाकुरलार्इ करेन्ट लागेको भण्डारीले बताए।