सहमतिको सरकार नबन्ने

असार २८,काठमाडौं – आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि दौडधूप थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई ठूला दल कांग्रेस र एमालेले समर्थन नगर्ने जनाउ दिएका छन्।
सहमतीय सरकार बन्ने सम्भावना कम देखिएपछि प्रचण्ड बह्ुमतीय सरकारको विकल्पमा जाने नजाने द्विविधामा छन्।

सहमतीय सरकार बन्न सम्भव नरहेको बताउँदै आएको कांग्रेसले बहमतीय सरकारका लागि भने प्रचण्डलाई समर्थन गर्ने संकेत दिएको छ। अहिलेको गठबन्धनबाट अलग भएपछि मात्रै कांग्रेसले त्यसबारे औपचारिक निर्णय लिने स्रोतले बतायो। त्यसका लागि कांग्रेस नेताले पहिले सरकार छाडेर आउनु पर्ने अडान दोहोर्याए।

राष्ट्रिय सरकारका लागि समर्थन खोज्न गएका प्रचण्डलाई कांग्रेस सभापसित देउवाले सम्भव नभएको जवाफ दिए। कांग्रेस संसदीय दलमा सोमबार अपरान्ह देउवा र प्रचण्डबीच छलफल भएको थियो।
प्रचण्डसँगको छलफलपछि कांग्रेस सभापति देउवाले सम्भावना नै नभएको सहमतीय सरकारका लागि कांग्रेसले समर्थन दिन नसक्ने जवाफ दिएको बताए।