भारतबाट ३०० मेगावाट बिजुली थपिँदै

असार २८,काठमाडौं – सरकारले आगामी हिउँदमा तात्विक रुपमा लोडसेडिङ घटाउन भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने भएको छ।
त्यतिबेला भारतबाट आयात हुने बिजुली ६ सय मेगावाट पुग्ने र मुलुकको आन्तरिक उत्पादनसमेत बढ्ने भएकाले आगामी हिउँदामा लोडसेडिङ ८ घण्टामा सीमित हुने जानकारी विद्युत प्राधिकरणका एक अधिकारीले दिए।
अघिल्लो हिउँदमा लोडसेडिङ १६ घन्टामा पुगेको थियो। दुई देशबीचको समझदारीमा नेपाल–भारत ढल्केबर–मजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र दुई विद्युत नाकाबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने गृहकार्य भइरहेको जानकारी ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले दिए।
विद्युत प्राधिकरणका २ र विदेशी तथा स्वदेशी निजी लगानीका ६ निर्माणाधीन आयोजना सम्पन्न भई आगामी हिउँदसम्ममा मुलुकमा १ सय ५० मेगावाट थप विजुली उत्पादन हुने भएको छ।
घिमिरेका अनुसार आगामी हिउँदमा मुलुकमा विद्युतको माग १ हजार ४ सय ५० मेगावाट बिजुली आपूर्ति हुनेछ।

विद्युत प्रणालीमा १ हजार मेगावाट बिजुली उपलब्ध भयो भने हिउँदमा लोडसेडिङ ८ घण्टाभन्दा बढी हुने छैन।