कैलालीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

असार २७, कैलाली – धनगढी उपमहानगरपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गुडिरहेको से १ त ५५७४ नम्बरको ट्र्याक्टर गएराति अनियन्त्रित भएर दुर्घटनाम हुँदा धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ४० वर्षीय मङ्गल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका रानाको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परिवारको जिम्मा लगाइएको छ।