सरकारी निकायमा नयाँ संगठन र दरबन्दी सिर्जना गर्न रोक

असार २६ ,काठमाडौं – प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सबै सरकारी निकायमा नयाँ संगठन र दरबन्दी सिर्जना गर्न रोक लगाएको छ।
हालका सरकारी निकायमा नयाँ संगठन र जनशक्ति थप्दै जाँदा संघीयता कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न हुने विश्लेषण गर्दै सरकारले त्यस्तो निर्णय गरेको छ।
सरकारले नयाँ दरबन्दी सिर्जना प्रक्रिया रोक्ने निर्णय गरे पनि कर्मचारीको नयाँ भर्ना रोक्ने सम्बन्धमा केही बोलेको छैन। संघीयता कार्यान्वयनको चरणमा नयाँ दरबन्दी रोक्ने काम भए पनि हाल कायम रहेका विभिन्न रिक्त दरबन्दीमा कर्मचारी भर्ना यथावत् नै रहनेछ।