सरकार ढाल्न जो सुकैलाई साथः मोर्चा

असार २६ ,काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिलेको सरकार परिवर्तन गर्न जुनसुकै दललाई पनि साथ दिने पक्षमा देखिएको छ। यद्यपि सरकार ढाल्ने चर्चालाई लिएर भने मोर्चामा आवद्ध दलका नेताहरुको बुझाइ फरक फरक पाइएको छ।
संघीय समाजवादी फोरम नेपालका सह(अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने अहिलेको प्रयास परिपक्व भइनसकेको बताए। यद्यपि सरकार ढाल्न जोसुकैले प्रयास गरे पनि त्यसमा सहयोग गर्ने नेता श्रेष्ठको भनाइ छ।
सद्भावना पाटीका प्रवक्ता सन्तोष मेहताले भने सरकार ढाल्ने बलियो अवस्था तयार भइसकेको दाबी गरे। ‘वैशाखमा सरकार ढाल्ने प्रयास नै कमजोर थियो, अहिले बलियो देखिएको छ,’ मेहताले भने।