एजेन्टको चलखेलले नोट छपाइमा दोहोरो नीति

असार २६ ,काठमाडौं – एजेन्टहरु हावी भएपछि नयाँ नोट छपाइमा दोहोरो नीति अवलम्बन गरिएको छ ।
नेपाल राष्ट्र बैंकले तत्काल आवश्यक परेको भन्दै १ हजार दरको नोट पुरानै व्यवस्थाअनुसार छपाइ प्रकृया अघि बढाएको छ र तर, ५ सय दरको नोटमा भने नयाँ सुरक्षा व्यवस्था अवलम्बन गरिने भएको छ।
हजार दरको नोट छपाइका लागि भर्खरै बोलकबोल आहृवान गरिएको छ भने ५ सय दरको नोटको बोलकबोलपछि छनोटको चरणमा छ । राष्ट्र बैंकले २० करोड थान १ हजारको नोट बोलकबोलपछि छनोटको चरणमा छ।
राष्ट्र बैंकले २०करोड थान १ हजारको नोट छपाइ प्रक्रियामा जानु पहिले नै विभिन्न उजुरीहरु परेका कारण नयाँ सुरक्षा ट्रेडमार्क नराखी पुरानै व्यवस्थाअनुसार छपाइ प्रक्रिया अघि बढाएको हो ।
सरकारले भूकम्पपीडितलाई रकम अनुदान दिने भएकाले तत्कालका लागि १ हजार दरका नोट पुरानै प्रक्रियाबाट छाप्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।