बायुसेवा निगमले एउटा जहाज बेच्ने

असार २६ ,काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ।
निगमका महाप्रवन्धक सुगतरत्न कांसाकारले निगमले अन्तर्राष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ९५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृत दिइसकेको छ।
बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्ने नसक्ने निष्कर्ष निकाल्दै जहाजको बिक्री गर्ने निर्णय गरिएको हो ।
निगम व्यवस्थापनले इन्जिन मर्मतका लागि सिंगापुर लगिएको यो जहाज अधिक खर्च गरेर मर्मत गर्नुको विकल्पमा बिक्री गर्नु नै ठीक हुने प्रस्ताव अगाडि सारेको छ ।
सोही प्रस्तावलाई सञ्चालक समितिले सैद्धान्तिक सहमति दिएको कंसाकारले जानकारी दिए । निगमको एउटा बोइङ जहाज बिक्री गर्ने सैद्धान्तिक निर्णयलाई आवशयक प्रक्रियामा लैजान भने बाँकी रहेको कंसाकारले भनाइ छ ।
निगमले करिब तीन दशकदेखि नियमित सञ्चालन गरिरहेको दुईवटा बोइङ मध्ये एउटा एसीबी भने नियमित उडानमै छ ।
एउटा बोइङ र दुईवटा एयरबस सञ्चालन गर्दे आगमी १८ महिनाभित्रमा नै अर्को दुईवटा वाइडवडी जहाज खरिदज गरिसक्ने योजनालाई प्राथमिकता दिएर निगमले एउटा बोइङ बिक्री गर्ने निर्णय गरेको छ ।