बुढेसकालमा जवान प्रेमीकासँग बिहे गर्दै पेले

एजेन्सी – सेलीब्रेटी हुन् ब्राजीलका चर्चित फुटबलर पेले । पेले फुटबलका कारण मात्रै चर्चामा नआई उनका जिवनका रोचक पक्षका कारण पनि उनी चर्चामा आउने गर्छन् । जसमध्ये यतिबेला पेलेको तेस्रो बिहेको खबरले मिडिया रंगीएको छ ।

पेलेले आफू भन्दा २५ वर्ष कान्छी जापनिज प्रेमीका मासिया सिबेलो अओकीलाई साओ पाओलोको ग्वारुजामा बिहे गर्दैछन् । जुन बिहे उनको तेस्रो हुनेछ । लामो समय प्रेम सम्बनधमा रहेका उनले यसअघि नै २ पत्निबाट ५ सन्तानलाई जन्माइ सकेका छन् ।