कोरलामा तीन उपप्रधानमन्त्री

असार २४, मुस्ताङ – कोरला नाका दीर्घकालीन रुपमै खुलाउन सरकारले पहल तीब्र बनाएको छ।

पोखरा–कोरला सडकलाई द्रुत गतिमा स्तरोन्नति गर्ने र सिमानामा सेनाको व्यारेकदेखि बोर्डर आउट पोस्ट (बीओपी) राख्न काम थालिएको छ। यसका लागि तीन उपप्रधानमन्त्रीलगायत नेता र सरकारी अधिकारीहरुले बिहीबार चीनसँग जोडिएको कोरलाको अवलोकन गरे।

उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार,भीम रावल र टोपबहादुर रायमाझीले तुरुन्तै कोरला क्षेत्रमा सेनाको ब्यारेक र बीओपी राख्न सरकारले तयारी थाल्ने बताए।

उनीहरुले चीनसँग् बार्ता गरेर कुनै पनि हालतमा यस वर्षदेखि नाका खुलाएरै छाड्ने दृढता व्यक्त गरेका छन्।