माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने

 

असार २४,काठमाडौं –  सत्तारुढ दल माओवादी केन्द्रले राष्ट्रिय राजनीतिक सहमति वा सहमतिको सरकार जरुरी रहेको निष्कर्ष निकाल्दै त्यसका लागि पार्टीले पहकदमी लिने निर्णय गरेको छ।

कोटोश्वरस्थित पार्टी मुख्यालायमा बिहीबार सम्पन्न पोलिटब्युरो बैठकले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार वा सहमतिय सरकार बनाउने निर्णय गरेको हो।

 

एमालेसित विगतमा भएका सरकारसम्बन्धी सहमति र समझदारी कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न छलफल गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ।

 

केन्द्रले सहमतीय सरकार गठनमा पहल गर्ने निर्णयलगत्तै तीन प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।

 

प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगातयका तीन दलका नेताबीच बिहीबार साँझ बालुवाटारमा छलफल भएको हो।