चीनमा खानीमा आगलागी हुँदा तेह्र कामदार खानीभित्र थुनिए

बेइजिङ, २० असार – उत्तरी चीनको लिआओनिङ प्रान्तमा एक कोइला खानीमा आगलागी भएपछि खानीभित्र काम गरिरहेका करिब १३ जना खानीभित्रै थुनिएका राष्ट्रिय श्रम सुरक्षा निरीक्षकले सोमबार बताएका छन् ।

लिआओनिङको बेङसी सहरस्थित एक कोइलाखानीमा सोमबार बिहानदेखि आगलागी भएको र खानीभित्र थुनिएका कामदारलाई बाहिर ल्याउन उद्धार कार्य जारी रहेको राष्ट्रिय श्रम सुरक्षा प्रशासनले बताएको छ ।