भूकम्पपीडितलाई उन्नत जातका बोका वितरण

रत्ननगर (चितवन), १९ असार । जिल्लाका भूकम्पपीडितलाई उन्नत जातका बोका वितरण गरिएको छ ।

जिल्लाका आठवटा पहाडी गाविसका भूकम्पपीडितलाई एकसय उन्नत जातका ब्याडका बोका वितरण थालिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिनुभयो । प्रतिबोका रु १५ हजारका दरले रु १५ लाखमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

दाहाखानी, चन्डिभञ्याङ, काउले, कोराक, सिद्धि, दारेचोक, कविलास र लोथरका ७२ वडामा एक–एकवटाका दरले बोका बाँडिने छ । नस्ल सुधारसँगै उन्नत जातको बोकाका कारण आयआर्जनमा वृद्धि हुने कार्यालयले जनाएको छ ।