राष्ट्रिय एकताका विषयलाई प्राथमिकता दिन कलाकारसँग आग्रह

काठमाडौँ, १९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले अब चलचित्र र गीतसङ्गीत निर्माण गर्दा राष्ट्रिय एकता र विकासका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुुभएको छ ।

‘फान अवार्ड’का विजेता कलाकारका सम्मानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दिवाभोज कार्यक्रममा उहाँले राजनीतिसँगै कला, साहित्य, अर्थतन्त्र लगायत सबैको घुम्ती र मोड परिवर्तन भयो, अब व्यङ्ग्य कलाकारले असन्तुष्टि मात्र होइन सहमति, सहकार्य र विकासका विषयलाई समेत प्राथमिकतामा राख्नुपर्छ भन्नुभयो ।

प्रधानमन्त्रीले नेपाल चलचित्र कलाकार सङ्घ(फान)द्वारा शनिबार प्रदान गरेको ‘फान अवार्ड’ र तिनका विजेतातिर लक्ष्य गर्दै भन्नुभयो, “यस अवार्डले ९०÷९२ वर्षका हरिप्रसाद (रिमाल)देखि २०÷२२ वर्षका अनमोल (केसी)बीचको जेनेरेसन ग्यापलाई मिलाइदिएको छ ।” उहाँले देश विकासमा योगदान पु¥याउन कलाकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, नायक राजेश हमाल, फानका अध्यक्ष रामकेशर बोगटी लगायत २०० भन्दा बढी कलाकार सहभागी थिए ।