‘बेल रोनाल्डो र मेसी दुबैभन्दा राम्रा खेलाडी हुन्’

एजेन्सी , असार १८ – विश्वकै सर्वोत्कृष्ट खेलाडीको नाम लिंदा सुरुमै आउने दुई नाम हुन् अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो।
तर, वेल्सका खेलाडी रोब्सन कानुले विश्वकै दुई उत्कृष्ट खेलाडी रोनाल्डो र मेसीभन्दा वेल्सका ग्यारेथ बेल नै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्।
गएराति बेल्जियमलाई ३(१ गोल अन्तरले पराजित गर्दै वेल्सलाई युरोकप फुटबलको सेमिफाइनल पुर्याउँदा नायक बनेका कानुले बेल रोनाल्डो र मेसीभन्दा पनि राम्रा खेलाडी भएको बताएका हुन्।

रोनाल्डो र मेसीबारे सोधिएको प्रश्नमा कानुले पत्रकारहरुसँग भने,‘उनीहरु दुबै विश्वका स्तरीय खेलाडी हुन्। तर हामीसँग विश्वकै उत्कृष्ट खेलाडी छन् बेल, जो उनीहरुभन्दा पनि राम्रा छन्।’

उनले बेल विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्ने बाटोमा रहेको पनि बताए। कानुले सेमिफाइनलमा आरोन राम्सीले पोर्चुगलविरुद्धको खेल गुमाएपनि वेल्ससँग जित हात पार्ने क्षमता रहेको बताए।

कानुले भने,‘आरोन उत्कृष्ट खेलाडी हुन्। हामीले उनलाई गुमाउन चाहन्नौं तर कार्डका कारण उनले सेमिफाइनल गुमाउनेछन्। उनीविना पोर्चुगलविरुद्ध हामी राम्रो खेल्नेछौं र सक्षम पनि छौं।’

पहिलो पटक युरो कप फुटबलको सेमिफाइनल पुगेको वेल्सले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलसँग बुधवार प्रतिस्पर्धा गर्नेछ।