विश्वक्रान्ति सिंह जेल चलान

असार १८ ,ललितपुर– गुन्डानाइके विश्वक्रान्ति सिंह पुर्पक्षकालागि जेल चलान भएका छन।
जिल्ला अदालत ललितपुरले लागू औषध खैरो हिरोइन मुद्दामा उनलाई नख्खु कारागार चलान गरेको हो ।
चैत २३ गते पक्राउ परेका सिंहको साथबाट प्रहरीले खैरोहिरोइन, हातहतियार र सि हर्ष फेला पारेको थियो। हेटौडाँ ४ घर भएका सिंह लामो समयदेखि ललितपुरको सानेपामा बस्दै आएका थिए।
सिंहले हातहतियार लिई ठेक्का पट्टाहरुवाट असुली गर्ने, ब्यबसायीहरुलाई धम्की दिदैँ रकम असुली गर्ने, लेनदेनको रकम असुली गरेर कमिशन लिने, गुण्डागर्दी, ग्याङ्ग फाईटमा संलग्न हुने, लागुऔषधको कारोबार गर्ने, हाउजिङ्ग ब्यबसायीहरुलाई धम्की दिई रकम असुली गर्ने, जस्ता गतिविधीहरु गर्दै आएको ललितपुर प्रहरीले जनाएको छ ।