३३ वर्षपछि वृद्ध उमेरमा कैद भोग्दै दम्पती

असार १८ , राजविराज – ३३ वर्षअघि भएको जारी मुद्दामा सप्तरीका एक दम्पतीले वृद्ध उमेरमा कैद सजाय भोग्दैछन्। जिल्ला अदालतको २०४१ असार ३२ को फैसला बमोजिम हालमौ पक्राउ परेका घोघनपुर(२ का एक दम्पती कैद सजाय काट्न राजविराज कारागारमा थुनिएको अदालतले जर्नाको छ।

जिल्ला अदालतबाट खटिएको कर्मचारीको टोलीले घोघनपुर(२ का ६७ वर्षीय रोजित मियालाई गत सोमबार र उनी श्रीमती ६४ वर्षीया हरिहरबती बाँतरनीलाई बिहीबार पक्राउ गरेको हो। उनीहरु दुवैजनामाथि अदालतले ३२ वर्षअघि जनही एक हजार जरिवाना र एक महिना कैद सजायको फैसला गरेको थियो।

पश्चिमी कोसी नहरमा मिस्त्री काम गर्ने मियाँले जनमजदुरी गर्ने बाँतरनीलार्इ ०४० साउन १ गते श्रीमती बनाइ भगाएका थिए। घटनाबपछि बाँतरनीका पहिलो श्रीमान श्यामसुन्दरका तर्फबाट वारे भइ उनका बुबा खप्सु सरदारले सम्पत्तिसहित अर्काकी श्रीमती भगाउने र भाग्नेलाई कारबाहीको माग गर्दै २०४० साउन २ गते जिल्ला अदालतमा जारी मुद्दा दर्ता गराएका थिए।

प्रहरीले फैसला भएको ३२ वर्षपछि उनीहरुलाई घरबाटै पक्राउ गरी कारागारमा थुनामा पठाएका हुन्। उनीहरुले जरिवानास्वरुप एकहजार तिरेका छन् भने एक÷एक महिना कैद भुक्तान गर्न कारागारमा थुनिएका छन्।